इनरुवा – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मूल आधार भनेको नै सङ्घीयता भएको बताएका छन् । इलाममा आजदेखि शुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को उद्घाटनका क्रममा उनले नाटक पनि सङ्घीयता ढाँचामा देखाउन लागिएकाले यसले थप हौसला थपेको बताए । विकास निर्माणमा सडक र भौतिक पूर्वाधारमा मात्र विकास गरेर नहुने उल्लेख गर्दै…