प्रचण्ड सुन्दर नेपालको सुन्दर दिमाग भएको नेताः राष्ट्रपति हमिद

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । राजधानीस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई…