कालापानीबारे संसदीय समितिको चासो, छलफलका लागि प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं – संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भू–भाग परेकोबारे चासो देखाएको छ । समितिले भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबारको समिति बैठकमा बोलाएको समिति सचिवालयले जनाएको छ । भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेपछि नेपालमा सर्वत्र विरोध भइरहेको बेला सांसदहरुले…