कालपानी र लिपुलेक नेपालको भूमि होः कमल थापा

दाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)का अध्यक्ष कमल थापाले नेपालको भूमि मिचेर भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य भएको बताएका छन् । बिहीबार दाङको तुल्सिपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कालपानी र लिपुलेक नेपालको भूमि भएको र यो अभिभाज्य रहेको बताए। उनले तुरुन्तै कूटनीतिक पहल गरी समस्याको हल खोज्न सरकारलाई सुझाब पनि दिए ।…