जनकपुरबाट सांसद यादवलाई काठमाडौं ल्याएको पुर्व आईजिपी खनालले स्विकारे

काठमाडौं - नेपाल प्रहरीका भर्खरै अवकासप्राप्त महानिरीक्षक सर्वेन्द्र खनालले जनकपुरमा गएर समाजवादी पार्टीका सांसदलाई भेटेर संगै काठमाडौं आएको  स्विकार गरेका छन् । संघिय समाजवादी पार्टीका नेताहरु बावुराम भट्टराई र उपेन्द्र यादवले आफ्ना सांसद सुरेन्द्र यादवलाई खनालसहित सांसदहरु महेश बस्नेत र किशनलाल श्रेष्ठले अपहरण शैलीमा काठमाडौं ल्याएको आरोप लगाईरहेको बेला खनालको यस्तो भनाई आएको हो ।…