काठमाण्डु - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समस्या समाधान सुझाव कार्यदलले नेकपाको महाधिवेशन चैत्रमा गर्ने सुझाव दिएको छ । सुझावमा पार्टी केन्द्रीय समितिको दोस्रो बैठकले तय गरेको चैत्र २५ देखी ३० गतेसम्म एकताको महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । कार्यदलले अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीलाई बुझाएको १७ पृष्ठ लामो प्रतिवेदनमा मन्त्रिमण्डल पुर्नगठन गर्ने,संसदीय…