बाजुराको बाढीपहिरो प्रभावित क्षेत्र पुगे गृहमन्त्री

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाढी पहिरो प्रभावित क्षेत्र बाजुरा पुगेका छन् । साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदी छेउका बासिन्दा घरविहीन भएपछि सो क्षेत्रको अनुगमनका लागि गृहमन्त्री थापासहितको टोली आज बाजुरा पुगेको हो । टोलीमा मन्त्री थापासहित विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख,…