काठमाडौं – कोरोना भाइरस (कोभिड–२०१९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले लकडाउनको समयमा देखिएका समस्याको बारेमा छलफल गर्नेछ । लकडाउनको समयमा मजदुरले भोगेको समस्या, काठमाडौंबाट गाउँ फर्किनेहरुको विषयमा छलफल हुनेछ ।…