विराटनगर – प्रदेश नम्बर १ को मन्त्रिमण्डल पुर्नगठन हुने भएको छ । सरकार गठन भएको दुई वर्ष बित्ना लाग्दा मन्त्रिमण्डल बिस्तार हुने भएको हो । प्रदेश सरकारमा दिउँसो ३ बजे ४ राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा छ । प्रदेश १ मुख्यमन्त्री कार्यालयका अनुसार आइतबार दिउँसो ३ बजे मन्त्रीको सपथ ग्रहणको कार्यक्रम राखिएको छ…