काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग प्रतिनिधिसभालाई पार्टी पोलिटब्युरोको बन्धनबाट तत्काल मुक्त गर्न सचेत गराएको छ । सभामुखको उमेदवारका विषयमा नेकपाभित्र सहमति नजुटेका कारण लगातार संसद बैठक सूचना टाँस गरेर स्थगित हुँदै गएपछि कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सचेत गराएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबारका…