काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले मुलुकको अर्थतन्त्र अर्थमन्त्री डा. युवराज खतिवडाले चलाउन नसकेको टिप्पणी गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद भाँक्रीले अर्थतन्त्रका विज्ञ अर्थमन्त्री हुँदा पनि मुलुकको अर्थतन्त्रमा निराशामात्र हात लागेको बताइन् । उनले अर्थमन्त्रीले गर्ने कार्यशैली पुरानै भएको बताउँदै केही दशमलवमा हुने परिवर्तनलाई मात्र…