अब सडक आन्दोलन गर्ने पालो आयो, कांग्रेससँग मिल्नु नै धर्म हुन्छ: बाबुराम भट्टराई

काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दोलन थाल्ने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन गर्ने बताए । ‘हामीले लामो समयदेखि संविधान र शासकीय स्वरुपमा असहमति राख्दै आएका छौँ’, उनले भने,…