तेह्रथुम – प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मदिन गृहजिल्लामा पुगेर भव्य रुपमा मनाएका छन् । उनले आफ्नो जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा मनाएका हुन् । पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित पुर्ख्यौली घर पुगेर आफ्ना बालसखासहितका गाउँलेसँग जन्मदिन मनाएका हुन् । उनलाई इवामा सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य…