ओलीसँग अध्यक्ष प्रचण्डले भनेः आलोपालो सहमतिबाट पछि हटेर गल्ती गरेको महसुस भयो !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामप्रति जनतामा असन्तुष्टी बढेको बताएका छन् । अध्यक्ष प्रचण्डले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण, भ्रष्टाचार तथा अव्यवस्थित क्वारेन्टाइनप्रति असन्तुष्टी जनाएका हुन् । बुधबार बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टी एकतामा गरिएको सहमति कार्यान्वयन नगरेको भन्दै अन्तुष्टी पोखेका…