काठमाडौं - संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका छन् । शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले गिरीको संशोधन प्रस्ताव खारेज गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । प्रतिनिधिसभा नियमावलीको २०७५ को नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको उनले बताए ।…