काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित सांसदरूसँग स्पष्टीकरण माग गरेको छ । जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदानमा नेकपाका चारजना सांसद अनुपस्थित थिए । उनीहरूलाई पाँच दिनभित्र अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण माग गरिएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।…