काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र विद्रोहका घाइते तथा अपाङ्गहरुलाई सरकारले छुट्टै प्याकेज ल्याउने बताएका छन् । बिहीबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गर्दै सरकारले छिट्टै परिचयपत्र, राहत प्याकेज ल्याउने आश्वासन…