कांग्रेसलाई सञ्चारमन्त्रीको प्रश्नः सदन अवरोध गरिरहने अनि कानुन खोजेर हुन्छ ?

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले सदनमा गरेको अपरोधप्रति रोष प्रकट गरेका छन् । सोमबार सिंहदरबारमा बसेको विकास तथा प्राविधिक समितिको बैठकमा उपस्थित भएका मन्त्री बाँस्कोटाले कांग्रेसले संसदमा अवरोध गरेपछि कानुन निर्माण प्रभावित भएको बताए । संसदीय समितिमा युटिलिटी करिडोरबारे छलफल गर्न डाकिएको बैठकमा बोल्दै उनले भने, ‘एउटा राजनीतिक मुद्दालाई लिएर दिनका…