बुर्तिबाङमा नेकपा र जनमोर्चाको संयुक्त सभा, प्रचण्ड र केसीले सम्बोधन गर्ने

बागलुङ – वाम गठबन्धन बनाएर उपनिर्वाचनमा सहभागिता जनाएका नेकपा र राष्ट्रिय जनमोर्चाले बाग्लुङको बुर्तिबाङमा शनिबार संयुक्त जनसभाको आयोजना गर्ने भएका छन् । सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपाका महासचिव बिष्णु पौडेल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि वाम गठबन्धनको…