काठमाण्डु- नेपाली कांग्रेसका शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाको राजनीतिक सक्रियता बढेको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा लामो छलफल गरेका शेखरले शुक्रबार विहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । भण्डारीलाई भेट्न कोइराला उनको निवास बुढानिलकण्ठ नगरपालिका भंगालमा पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको…