काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्नुअघि सचिवालय सदस्यहरु बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा बादल र विष्णु पौडेलसंग छलफल गरिरहेका छन् । प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार उनीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् ।छलफलका क्रममा उनीहरुबीच तत्काल प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सहमति भएको बताइएको…