पार्टी सदस्यलाई नेकपाको निर्देशनः तँ नभन्नु, परिवारसँगै बसेर खाना खानु !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले पार्टी सदस्यहरूका लागि आचार संहिता जारी गरेको छ । नेकपाले जारी गरेको ११ बुँदे आचारसंहितामा पार्टी सदस्यहरूले आफ्ना छोराछोरीलाई कसरी सम्बोधन गर्नेदेखि मुलुकको हितका लागि के–के गर्ने भनेर उल्लेख गरिएको छ । संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचार संहिता केन्द्रीय सचिवालयले पास गरेपछि आइतबारदेखि मुलुकभर सर्कुलर गरिएको छ…