काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले जनता निराश भएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वसभामुख महराले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि असर गरिरहेकाले नेताहरु भाइरसविरुद्ध लड्न एकजुट हुनुपर्नेमा विभाजनमा जानु दुःखद् भएको बताएका छन् । उनले लकडाउनको अवस्थामा मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको…