काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेन्जेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन यही कात्तिक ८ गते चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थताका कारण खेल छाडेका थिए ।…