स्थायी समिति बैठक अघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच मंगलबार बिहान भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन् । आजको बैठकमा कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल…