काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चिनियां राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । काठमाडौं होटल सोल्टीमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटपछि पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले सीको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई नयां उचाइमा पुर्याएको बताएका छन् । दुई दिने भ्रमणका क्रममा नेपाल आएका चिनियां राष्ट्रपतिसँग शनिवार सांझ…