काठमाडौं – यौन दूव्र्यवहारको आरोप लागेपछि नेकपा नेता कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि नयां बन्ने सभामुखको चर्चा सुरु भएको छ । नेकपाभित्र महराको उत्तराधिकारी बन्न चाहने आकांक्षी धेरै देखिएका छन् । त्यसमा पनि पूर्वमाओवादी समूहमा । पूर्वएमाले र पूर्वमाओवादीबीच शक्ति बांडाफांड हुंदा सभामुख माओवादीका भागमा परेको थियो । महरा आफ्नो कोटाबाट सभामुख भएकाले स्वतः…