काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएका छन् । दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ । आज शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सम्पूर्ण तयारी पुरा भईसकेको खानेपानी मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै…