विप्लवका नगर इञ्चार्ज पक्राउ

डडेलधुरा – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपाली रहेका छन् । पक्राउ परेका नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन् । बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम…