काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली अस्वस्थ भएर चीन भ्रमण रघ गरेको बताएका छन् । बिहीवार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री स्वस्थ भएर नियमित काम गर्ने स्थितिमा फर्केपछि मात्र चीन भ्रमणमा जाने आशय व्यक्त गरेका हुन् । ‘प्रधानमन्त्री डिस्चार्ज हुनेबित्तिकै नियमित काम गर्न सक्ने भन्ने होइन…