काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली एक्सनमा उत्रिएका छन् । एपेन्डिसाईटिसको शल्यक्रिया गरी बिहिबार अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै दैनिक प्रशासनिक काम गर्ने भएका छन् । चिकित्सकहरुले धेरै दौडधुप नगर्न सुझाएपछि प्रधानमन्त्रीले बालुवाटारमै कार्यसम्पादन सुरु गरेका छन् । उनले अस्पतालबाट बालुवाटार फर्केको दिन बिहिबारनै काठमाडौं उपत्यकामा कहीं पनि खाल्डाखुल्डी नराख्न दिएको निर्देशन…