काठमाडौँ - नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् । तीनवटै प्रस्तावमाथि आइतबार छलफल हुनेछ । प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने…