प्याजको मूल्य घटाउन कांग्रेस प्रवक्ताको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्याजको भाउ घटाउन सरकारसँग माग गरेका छन् । शनिवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै कम्तीमा पनि प्याजको भाउ घटाउन शर्माले आग्रह गरेका हुन् । शर्माले नेपालमा सत्तारूढ नेकपाको हातमा सरकारी बन्दुक, विद्रोही नेकपाको हातमा विद्रोही बन्दुक रहेको र मतदानस्थलमा बम आतंक रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका…