कास्की २ मा विद्या भट्टराई भारी मतान्तरसहित विजयी

पोखरा - कास्की-२ को उपचुनावमा विद्या भट्टराई विजयी बनेकी छिन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् । शनिबार राति १०:३० बजेदेखि सुरु भएको मतगणना…