भीमदत्तनगर - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहेका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बसेका छन् । यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आमाले हत्यारालाई सार्वजनिक गर्न माग…