काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशन गरेको विज्ञापनको जनशक्ति छनौटमा गडबडी भएको खुलासा भएपछि विश्वविद्यालय विवादित बनेको छ। पदाधिकारीका आफन्त र नेताका पासेपासेलाई जागिर खुवाउन सेवा आयोगले योग्य उम्मेदवारको नम्बर घटाएको र अयोग्यको नम्बर बढाएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनपछि अध्यक्ष चैतन्यप्रसाद शर्मासहित पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…