काठमाडौं – राष्ट्रियसभाका सांसदहरुले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई लिजमा दिन लागिएकाले खारेज गर्न माग गरिन् । सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लागि राखिनुपर्नेमा केही…