मदन भण्डारीलाई त्रिशुलीमा हाल्नेहरुले नै प्रचण्डमाथी जुत्ता प्रहार गरे : नेता मैनाली

काठमाडौं – अखिल क्रान्तिकारी माओवादीका पूर्वमहासचिव जीपी मैनालीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गरिएको घटनाको छानविन गर्न माग गरेका छन् । नेता मैनालीले सामाजिक सञ्जालमार्फत आफ्नै सरकार भएका बेला पार्टी अध्यक्षमाथि भएको दुव्र्यवहारले गम्भिर आशंकाहरु उत्पन्न गराएको भन्दै छानविनसहित कडा कारबाहीको माग गरेका हुन् । उनले नयाँ र पुरानोको, यथास्थिती र अग्रगमनको, अँध्यारो…