काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको बताउँदै आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उदघाटन गर्दै उनले गरिवी र बेरोजगारीको सामना प्रतिपक्ष–सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै मुलुकमा विद्यमान…