काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शिष्टाचार भेट गरेका छन् । नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले बुधबार दिउँसो शिष्टाचार भेट गरेका हुन् । नागपोखरीस्थित होटेल मेरियटमा करिब आधा घण्टा भएको भेटमा दुईपक्षीय आपसी सम्बन्ध, सहयोग र सहकार्यका विविध आयममा छलफल भएका छन् । भेटमा बंगलादेशका राष्ट्रपति…