काठमाडौं – पार्टी एकताको सन्देश दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा मनाएको कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताहरूले विरोध गरेका छन्। पार्टी स्थापना तथा लेनिन जयन्तीको दिन कार्यक्रमको ब्यानरमै लेनिनको फोटो नभएको भन्दै कार्यक्रम स्थल राष्ट्रियसभा गृहमा कार्यकर्ताले नाराबाजी गरिरहका छन्। कार्यकर्ताको नाराबाजीका कारण कार्यक्रम सुरु हुन सकेको…