रक्षामन्त्री भन्छन्– सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्छ

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भइसकेकाले सशस्त्र द्वन्द्वका घटनाबाट अहिले पश्चाताप नलिई शिक्षा लिनुपर्ने रक्षामन्त्री पोखरलले बताए। २०औं यदुकुमार गौतम स्मृति दिवस तथा १७औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले भने, ‘हिजो घटना जे जे भए त्यसबाट पश्चाताप लिनु हुँदैन…