काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेका पूर्वयुवराज पारस शाहमाथि छानबिन हुने भएको छ। उनले आइतबार बेलुका विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीमाथि हातपात गरेपछि जनमानसमा आक्रोस बढेको थियो। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पूर्व युवराज शाहमाथि छानबिन गर्ने जनाएको छ। प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिएपनि…