काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि भदौ ५ गते सिंगापुर जाने भएका छन् । गत साउन १८–२७ गतेसम्म उपचार गरेर फर्किएका ओली फलोअप उपचारका लागि भदौ ५ गते पुनः सिंगापुर जान लागेका हुन् । सिंगापुरबाट फर्किएपछि उनको स्वास्थ्यमा सुधार नभएको समाचार प्रकाशित भएको थियो । तर, ओलीले भने आफु स्वस्थ भएको बताएका थिए । …