रास्वपा डराएको छैन, रविको सट्टामा २०८४ सालमा सय रवि आउँछन् : सांसद कठायत

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा चलाउँदैमा रास्वपा नडराउने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले रास्वपालाई तर्साउने र बदनाम गराउने काम भएको बताइन् । उनले भनिन्, ‘रास्वपालाई तसाइदिउँ, बदनाम गराउँ, ठगको बिल्ला भिराउँ, रविलाई सिध्याएर रास्वपा सकिन्छ भन्ने सोचेको हो भने रास्वपा…