काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचनका उम्मेद्वार बनेका छन् । शुक्रबार बिहान बसेको नेकपाको सचिवालय बैठकले श्रेष्ठलाई गण्डकी प्रदेशका तर्फबाट राष्ट्रिय सभामा ल्याउने निर्णय गरेको हो । श्रेष्ठ यसअघि प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट उम्मेद्वार बनेपनि बाबुराम भट्टराईसँग पराजित भएका थिए । त्यस्तै नेकपाका…