बालअधिकार राष्ट्रिय गौरवको योजनामा सूचीकृत हुन्छ : मन्त्री गुरुङ

काठमाडौं – बालबालिकाका अधिकारलाई सुनिश्चित हुनेगरी बालमैत्री राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरिएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत सस्था सिविन नेपालद्वारा ‘बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणको आवश्यकता’ विषयक आज यहाँ आयोजित अन्तक्र्रियामा सहभागी वक्ताले दिगो विकासका लक्ष्य पूरा गर्न, बालबालिकालाई सिर्जनशील र सुसंस्कृत बनाउन कार्ययोजना आवश्यक रहेको धारणा राखे। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत…