ओलीले धोका दिएपछि सरकारमा बस्न नैतिकताले दिएन : उपेन्द्र यादव

काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई धोका दिएको आरोप लगाएका छन् । मंगलबार सरकारबाट राजीनामा दिँदै उनले सरकार दुई बुँदे सहमतिबाट पछि हटेको आरोप लगाउँदै नैतिकताको आधारमा मन्त्री पदमा बसिरहन औचित्य नभएको ठहरसहित पदबाट राजीनामा दिएको बताएका छन् । ‘सोमबारको मन्त्रिपरिषद् बैठकमा मैले संविधान संशोधनका लागि प्रस्ताव गरेको थिएँ’,…