काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार विहान ११ बजेदेखि स्थायी कमिटी सदस्यहरुले धारणा राख्न सुरू गरेका छन् । नेकपामा ४५ सदस्यीय स्थायी कमिटी छ । एक वर्षपछि आइतबार स्थायी कमिटी बैठक बसेको थियो ।…