काठमाडौं – नेपाली कांग्रेसकी छाया श्रममन्त्री डिला संग्रौलाले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग गरेको दाबी गरेकी छन् । श्रममन्त्री रामेश्वर राय यादवलाई भेटेर सरकारले चालेका श्रमसम्बन्धी विभिन्न योजनामाथि प्रश्न उठाएकी छन् । आज सिहंदरबार पुगेर छाया श्रममन्त्री संग्रौलाले सरकारका विभिन्न योजना र लक्ष्य कार्यान्वयनमा नआएको ध्यानाकर्षणसमेत गराइन् । श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय…