काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीलगायतका विषयमा छलफल हुने बताइएको…